अब दैशैभर लोडसेडिङ अन्त्यको तयारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ । काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अब प्रमुख औद्योगिक जिल्लाहरुलाई केन्द्रित गर्दै लोडसेडिङ हटाउने अभियानलाई तीव्रता दिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘हामी लोडसेडिङ हटाउने विषयलाई प्राथमिकतामा राखेर काम गरेका छौं, सम्भव भएसम्म सबै क्षेत्रबाट हटाऔं भनेर अनेकन गृहकार्य भइरहेका छन्,’ प्रवक्ता अधिकारी भन्छन्, ‘सबै नागरिकलाई हरपल बिजुली सुविधा दिनु हाम्रो कर्तब्य नै हो । त्यसैले...
Read More