देउवा नेतृत्वको समितिका सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
काठमाडौं – नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबै सदस्यलाई नयाँ केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अघिल्लो कार्यसमितिमा रहेका सबैलाई विशेष महाधिवेशनपछि गठन हुने केन्द्रीय समितिमा आउन सक्ने व्यवस्था गर्ने निर्णय गरेको हो। कांग्रेसको यो निर्णयसँगै देउवा नेतृत्वको कार्यसमितिमा रहेका सदस्यका लागि नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुलेको छ। पार्टीले नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको तयारी अघि बढाइरहेका बेला अघिल्लो कार्यसमितिका सदस्यलाई पनि नयाँ संरचनामा समेट्ने निर्णय गरेको हो। यसैबीच कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाएको छ। पार्टीका अनुसार ३ र ४ असोजमा वडा तहको अधिवेशन हुनेछ भने १६...
Read More





























