एसीसी यू-१६ पूर्वी क्षेत्र कपको उपाधि नेपाललाई, सिंगापुर २ विकेटले पराजित
काठमाडौँ – एसीसी यू–१६ पुरुष पूर्वी क्षेत्र कपको उपाधि नेपालले जितेको डिफेण्डिङ च्याम्पियन रहेको नेपालले शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित हात पारेको हो । नेपालको जितका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए । नटआउट रहेका उनले ५३ बलमा ३ चौका प्रहार गरे । यस्तै सिवांश बजगाईंले २०, शुभम खनाल १८, प्रशिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रनको योगदान दिए भने...
Read More