Author: Himalaya Post

मृतक कामदारको पैसा खाने पूर्वराजदूत हमिद अन्सारीलाई जेल सजाय

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ । पीडितले पाउने तीन लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्सारीलाई सात महिना जेल सजायसहित तीन लाख ९६ हजार ९२० हजार रियल० पीडितलाई क्षतिपूर्ति बापत भराउन र त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको हो । पीडितको पक्षमा मंगलबार उक्त फैसला भएको थियो । साउदी अरबमा कामको सिलसिलामा मृत्यु...

Read More

रेड पान्डाको छालासहित तीन पक्राउ

दाङ– दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार राति उनीहरुलाई घोराही उप–महानगरपालिका–४ कटुवा खोला नजिकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । वन्यजन्तुको चोरी–सिकारी छाला बिक्री–वितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकालाई...

Read More

निगमको जहाजबाट विमानस्थलमै ५ हजार लिटर तेल चुहियो

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट हजारौं लिटर हवाई इन्धन ९तेल० चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो । नेपाल वायुसेवा निगमको गत सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने ७ बजे त्यसबाट पाँच टन ९५ हजार लिटर० तेल चुहिन पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ । ‘एघार नम्बरको पार्किङ बेमा रहेको निगमको एयरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानीट्यांकर, सुरक्षाकर्मी, एम्बुलेन्स एकैचोटि परिचालित गरेर दुर्घटना टार्‍यौं,’ विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘चुहिएको...

Read More

एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी

काठमाडौँ–  आज बिहान ८ बजेदेखि देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एकहजार नौसय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय...

Read More

शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि

भीमदत्तनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै समग्र सुदूरपश्चिम क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्वका धरोहरको प्रवद्र्धन र प्रचारप्रसारका लागि शुक्लाफाँटा महोत्सव–२०७३ को आयोजना हुने भएको छ । कञ्चनपुरको भीमदत्तनगरमा बुधबार पत्रकारसम्मेलन गर्दै आयोजक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, सुदूरपश्चिमले शुक्लाफाँटा महोत्सवका बारेमा जानकारी गराउँदै उक्त महोत्सव यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनका लागि आयोजना हुने जनाएको हो । शुक्रबारदेखि हुने महोत्सव शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्ज बनेपछि प्रचार–प्रसारका लागि पनि महोत्सव आवश्यक रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए। महोत्सवमा व्यवसायी र छिमेकी मुलुक भारतका विभिन्न भूभागका पर्यटकलाई सम्मिलित गराउने उद्देश्य रहेको छ । यही चैत्र ४ देखि ६ गतेसम्म सञ्चालन...

Read More