Author: Himalaya Post

स्थानीय तहको निर्वाचनपछि नागरिकका सबै समस्या समाधान : मन्त्री बुढाथोकी

फागुन १६ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताएका छन् । इलामको नेपालटारमा आइतबार ‘सातखाल्डे सहिद स्मृति फुटबल प्रतियोगिता’ समापनका अवसरलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनमा सबै क्षेत्र क्रियाशील बन्नुपर्ने बताउँदै भने– “संविधान कार्यान्वयन भयो भने मात्र नागरिक अधिकार सम्पन्न हुन्छन्, नत्र संविधान कागजको खोस्टो जस्तो मात्र हो ।” स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माणका कामले गति लिनुका साथै नागरिकका सबै कामकाज सहज रूपमा अगाडि बढ्ने मन्त्री बुढाथोकीले उल्लेख गरे। देशमा गणतन्त्र आएको, नयाँ संविधान पाएको भए पनि नागरिकले नयाँ संविधानको उपलब्धि अनुभव गर्न नपाइरहेको बताउँदै मन्त्री बुढाथोकीले स्थानीय तहको...

Read More

मनिराज जोशींद्वारा दश लाख राशीको साहित्य पुरस्कार स्थापना

फागुन १६ । धनगढीका साहित्यकार मनिराज जोशीको परिवारले रु १० लाख राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना गरी साहित्यिक पुरस्कारको घोषणा गर्नु भएको छ । आइतबार आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार जोशी र उहाँका छोराहरू गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोश्यारा जोशीले संयुक्तरुपमा रु १० लाखको अक्षयकोष खडा गरी ‘मनिराज वाङ्मय अक्षय कोष’ खडा गरी पुरस्कार स्थापना गरिएको जानकारी दिए। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)ले आयोजना गरेको साहित्यिक समारोहमा सो पुरस्कारको घोषणा गरिएको हो । कार्यक्रममा पुरस्कार सञ्चालनको जिम्मा पाएको नेपाली साहित्यिक तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशीलाई अक्षयकोष खडा गर्ने जोशी परिवारका सदस्यले कोषमा...

Read More

मोर्चाद्वारा  एमाले नेता नेपालको गृह जिल्लामै विरोध, सञ्चारकर्मी सहित दुई घाईते

फागुन १५— एमाले नेता माधवकुमार नेपाल सहभागी आमसभालाई मधेसी मोर्चाले बिथोल्ने प्रयास गरेपछि रौतहट सदरमुकाम गौरमा आज झडप भएको छ। सुरक्षाकर्मीसँग भएको झडपमा एक सञ्चारकर्मीसहित दुई जना घाइते भएका छन्। एमालेले गौरको ब्यारेक फिल्डमा सभा आयोजना गरेको थियो। कांग्रेस, माओवादी, मधेसवादी दलहरुबाट करिब एक सय एमाले प्रवेश गर्ने कार्यक्रम एमालेले राखेको थाहा पाएपछि मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए। नेता नेपालले स्थानीय व्यापारी तथा समाजसेवी शम्भु साह सहितका व्यक्तिहरुलाई एमाले प्रवेश गराएका छन्। साह गौरका प्रभावशाली व्यक्ति मानिन्छन्। वीपी चोकमा मोर्चा कार्यकर्ताले प्रदर्शन गरेपछि नेता नेपाल शिक्षा कार्यालयको बाटो भएर कार्यक्रमस्थल पुगेका थिए। एमालेको सभासम्म मोर्चाका कार्यकर्ता पुग्न नदिन...

Read More

‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन

काठमाडौँ,फागुन १५ । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ । समितिकी पूर्वकार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राखेकी हुन् । करीब एक वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी ताम्राकारले कच्चा माटो र खेर गएको कपडाको प्रयोग गरेर फूलदानी निर्माण गरेकी हुन् । अठ्ठाइसौँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा बुद्ध ह्यान्डीक्राफ्टको नामबाट स्टलमा आफ्ना उत्पादित वस्तु प्रदर्शनीमा राखेकी उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताअनुसार घरेलु उद्योग विभागमा आफ्नो कार्यकारी निर्देशक पद सकिएलगत्तै उद्योग दर्ता...

Read More

विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता : मन्त्री थापा

काठमाडौँ, फागुन १५ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताएका छन् । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेकोे बताए । उनले भने, “सर्वसाधारणलाई सेवा विस्तार गर्न नेपाली सेना र नेपाल प्रहरीका अस्पतालसँग सहकार्य गरेर काम गर्न मन्त्रालय लागिरहेको छ ।” उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि...

Read More