Author: Himalaya Post

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

टीकापुर – अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना प्रविधियुक्त बनाउन सङ्घीय संसद् र सबै प्रदेशसभाले ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्नेलगायत नौ बुँदे टीकापुर–सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । संसदीय गतिविधिमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिकाबीच ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्ने घोषणासहित कैलालीको टीकापुरमा सम्मेलन सम्पन्न भएको हो । टीकापुरमा आयोजित दुईदिने सम्मेलनमा संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात् गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका कानुन निमार्ण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्तअनुरुप प्रभावकारी कार्यान्वयन गर्ने छलफल भएको थियो । सम्मेलनबाट जारी सन्देशपत्रमा सङ्घ,...

Read More

न्यायिक समितिले निष्पक्ष र कानुनसम्मत ढंगले न्याय सम्पादन गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं – बागमती प्रदेश सुशासन केन्द्र, जावलाखेल ललितपुरद्वारा आयोजित ‘स्थानीय तहका न्यायिक समितिका संयोजक (उपप्रमुख/उपाध्यक्ष) तथा सहजकर्ताहरूका लागि स्थानीय तहका न्यायिक समितिबाट सम्पादित असल अभ्यास र फैसला लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले जनप्रतिनिधिहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। उनले नागरिकमा विश्वास र भरोसा कायम गर्दै छिटो, सहज तथा प्रभावकारी सेवा प्रवाह गर्नु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गरे। मुख्यमन्त्री बानियाँले स्थानीय तहमा उत्पन्न हुने विवाद तथा मुद्दाहरूलाई सकेसम्म संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए। जग्गा, सिमाना तथा...

Read More

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

एजेन्सी – रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ .६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् । मञ्चको आयोजक समितिका कार्यकारी सचिवले शनिबार जानकारी दिँदै चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा १ हजार ८४ वटा विभिन्न सम्झौता सम्पन्न भएको बताएको छ । मञ्च बुधबारदेखि शनिबारसम्म आयोजना गरिएको थियो । उनका अनुसार यस वर्षको मञ्चमा विश्वका १४२ देशका प्रतिनिधिहरू सहभागी भएका थिए । व्यापार, लगानी, ऊर्जा, प्रविधि, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विविध विषयमा छलफल हुनुका साथै विभिन्न क्षेत्रसँग सम्बन्धित सम्झौताहरूमा हस्ताक्षर गरिएको थियो । रुसको प्रमुख...

Read More

परराष्ट्रमन्त्री खनालको भारत भ्रमणः व्यापार, ऊर्जा र डिजिटल सहकार्यमा नयाँ पहल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रीद्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रमा गरिएका सहकार्यका प्रयासको स्वागत गरेका...

Read More

एन आईसी एशिया बैंकद्वारा हाम्रो साझा घर, सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र अरनिको माध्यमिक विद्यालयमा सहयोग सामग्री प्रदान

काठमाडौं – एन आईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । यही जेष्ठ २१ गते एक कार्यक्रमका बीच केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरु हस्तान्तरण गरेका हुन् । उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरुलाई...

Read More