Author: Himalaya Post

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ) – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको टोलीसँग आज मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गत साता अस्पतालको निरीक्षण गरिसक्नुभएका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताए । “दमौली अस्पतालको क्षमता...

Read More

संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताएका हुन् । संविधानका कमीकमजोरीका बारेमा छलफल हुनसक्ने भन्दै उनले मध्यरातमा हस्ताक्षर गर्ने कुराले भने नियतमाथि शंका गर्नुपर्ने स्वभाविक हुने धारणा राखे । अध्यक्ष नेपालले अहिलेको अवस्थामा आफूबाट भएका कमी कमजोरीहरुलाई दलका नेताहरुले स्वीकार गर्न सक्नुपर्ने उल्लेख गनरे । उनले बहुदलीय प्रतिष्पर्धा सहितको समाजवादबाटै मुलुकको बिकास र समृद्ध सम्भव रहेको बताए । अध्यक्ष नेपालले राजनीतिमा निष्ठा...

Read More

तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

काठमाडौँ – काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ । आज आयोजित एक समारोहका बीच काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले पुनःनिर्मित फल्चाको उद्घाटन गरे । त्यस अवसरमा उनले काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनःनिर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ समुद्घाटन गरिएको बताए। “काठमाडौँ महानगरपालिका–८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो”, संयोजक सङ्गतले...

Read More

ठूला दलको गठबन्धन बनाउन कसैले दबाब दिएको होइन : सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलको गठबन्धन बनाउन कसैले दबाब नदिएको बताएका छन् । कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दबाब नदिएको बताएका हुन् । उनले अहिलेको गठबन्धन कसैको विरोधमा नरहेको समेत स्पष्ट पारे । माओवादी लगाएतका ललाई एक गरेर मुलुकको समृद्धि र बिकासमा अघि बढ्ने उनको भनाइ छ । सभापति देउवाले षडयन्त्र गरेर नभई सबैसँग सल्लाह गरेर नै संविधान संशोधन हुने जिकिर गरे । त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती...

Read More

नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइलनमा

काठमाडौँ – घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको छ । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसंगै नेपाल समूहचरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो । श्रीलंका पहिलो खेलमा नेपालसंग पराजित भएको थियो । दुवै खेलमा पराजित भएसंगै श्रीलंका समूह ए बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् ।...

Read More