झोलुङ्गे पुलले बढाए पर्यटक
ढोरपाटन (बागलुङ) – झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र २०८०/८१ मा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुङ्गे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेका छन् । विसं २०७७ देखि बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१...
Read More

























