Author: Himalaya Post

नारायणगढ-बुटवल सडक : वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने

मध्यविन्दु (नवलपरासी) – नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो । सडक निर्माणका लागि यही साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ । बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको...

Read More

गत वर्ष गण्डकी प्रदेशमा बने २० वटा पुल

म्याग्दी – गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर–नारेश्वर–गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् । यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर...

Read More

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

ढोरपाटन (बागलुङ) – निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा...

Read More

काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी

सुर्खेत – कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुनेचार जना मन्त्रीको नाम पठाएको थियो । जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा रहेका छन् । माओवादी सरकारबाट बाहिरीएपछि उक्त चार मन्त्रालय खाली रहेको थियो...

Read More

संविधान संशोधनका विषयमा फैलाइएको भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरेका हुन् । अहिलेको समिकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिडेका पार्टीले स्टन्डबाजी गर्न खोजेको उनले बताए । ओलीले एमाले सही विचार बोकेर देश केन्द्रीत,परिवर्तन केन्द्रीत कार्यक्रमका साथ अघि बढ्ने उल्लेख गरे । उनले लोकतन्त्रमा नाममा पार्टीभित्र गुटबन्दी...

Read More