Author: Himalaya Post

गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले राससलाई बताए । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जनाए...

Read More

त्रिशुलीमा देखिएको रातो वस्तु बस नभएको पुष्टि, भारतीय उद्धार टोली स्वदेश फर्किदै

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक खण्डको केराबारी क्षेत्रको त्रिशुली नदीमा देखिएको रातो वस्तु सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता बस नभएको पुष्टि भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार स्थानीयले त्रिशूलीबीचमा रातो वस्तु देखिएको भनेर प्रहरीलाई खबर गरेका थिए । तत्काल उक्त क्षेत्रमा पुगेको सुरक्षाकर्मीको तालिम प्राप्त उद्धार टोलीले सो वस्तु बस नभएको हेरेपछि पुष्टि गरेका हुन् । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो कि भन्ने आशंका सुरक्षाकर्मीले गरे पनि बस भने नभएको पुष्टि गरेको हो । यता चितवनको सिमलताल पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजी गर्न आएको...

Read More

बस खोज्न प्रयोग गरिएको चुम्बक १९ किलोको चुम्बक त्रिशुलीमै हरायो

चितवन – सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ । भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्ने क्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । उक्त समयमा हराएको बस हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिए । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव...

Read More

नेकपा एसको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले राससलाई जानकारी दिनुभयो । पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताउनुभयो...

Read More

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

काँक्रेविहार (सुर्खेत) – कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । सडक खुलाउन भरमग्दुर भइरहेको उनले बताए...

Read More