Author: Himalaya Post

नवलपरासीमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, १ बेपत्ता

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर आज दुई मजदुरको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए। पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए। खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ। ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए।...

Read More

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्त्वपूर्ण छ : मन्त्री बस्नेत

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्त्वपूर्ण रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले भने, “हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ ।” उनले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको क्षमता...

Read More

गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन : चिकित्सक

चितवन – जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो । डा पौडेलले हाल अस्पतालमा उपचार गर्न आएका रगत चढाउन अत्यावश्यक बिरामीका लागि रगत अभाव देखिएको जानकारी दिए । उनले नियमित रक्तदाताको कमी हुँदा रगत अभाव भएको बताए । उनले भने, “रक्तदाताले गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्ठ्यारो पर्ने होकी भन्ने सोचाइले रक्तदान गर्न डराएको भन्ने भान परेको छ । रगत सङ्कलन नहुँदा अभाव भएको हामीले बुझेका छौँ ।” रक्तदानअति महत्वपूर्ण भएको भन्दै उनले रगत दिन मिल्ने सबै...

Read More

रुग्ण उद्योगहरू पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएकोमा जोड दिएका हुन् । छलफलमा प्रधानमन्त्रीले भने, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन कुन उद्योगहरू पुनःसञ्चालन...

Read More

नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत निर्यात गर्दै

काठमाडौं – नेपालले तेस्रो मुलुक अर्थात बंगलादेशमा पनि आगामी आर्थिक वर्षदेखि विद्युत निर्यात गर्ने भएको छ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने औपचारीक निणर्य गरेसँगै अब नेपाललाई तेस्रो मुलुकमा विद्युत निर्यातको बाटो खुलेको हो । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट आयात गर्ने ४० मेगावाट विद्युतको मूल्य स्वीकृत गरेपछि नेपाललाई विद्युत निर्यातको बाटो खुला भएको हो । नेपाल बंगलादेशबीच भएको सम्झौता अनुसार नेपालले प्रतियुनिट ९ रुपैयामा बंगलादेशलाई विद्युत निर्यात गर्ने छ । सीसीजीपीको बसेको बैठकले नेपालबाट आयात हुने विद्युतको मूल्य अनुमोदन गरेपछि नेपालले आगामी आर्थिक बर्षदेखि औपचारीक रुपमा ४० मेगावाट विद्युत निर्यात गर्ने उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । यद्यपि आउँदो अषाढमा भारतको विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बंगालादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच औपचारीक रुपमा त्रिपक्षीय सम्झौता गरेर विद्युत् निर्यात सुरु हुने मन्त्रालयले जनाएको छ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो । प्राधिकरणले तयार पारेको प्रस्तावअनुसार बंगलादेशसँग ५ वर्षका लागि विद्युत् बिक्रीका लागि सम्झौता हुनेछ । नेपालको ४० मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुनेछ । हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यात गर्ने प्रस्ताव गरिएको छ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क भने बंगलादेशले नै तिर्ने सम्झौता भएको छ । मन्त्री बस्नेतका अनुसार बंगलादेशले ५ हजार मेगावाटको प्रस्ताव राखेको छ ।...

Read More