Author: Himalaya Post

एमालेलाई निर्णायक तहमा पुग्न नदिन ‘गिरीबन्धु’मा स्यालहुँइया मच्चाइयो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मित्था अनर्गन प्रचार गरिएको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र बितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मित्था अनर्गन प्रचार गरिएको बताएका हुन् । गिरीबन्धुलाई बेतिथी गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए । अध्यक्ष ओलीले कांग्रेस वर्षौंसम्म सरकारको नेतृत्व गरेर बसेपनि सिन्को भाच्न नसकेको उल्लेख गरे । उनले धाँधली गरेर कांग्रेसले चुनाव...

Read More

शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्याउनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ – उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । पूर्व शिक्षामन्त्री डी.आर.पौडेलको पाँचौँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो टुङ्गोमा पुर्याउँदै राष्ट्रिय सहमतिका साथ समग्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताएका हुन् । उनले मुलुकमा दिगो शान्ति स्थापनाका लागि शान्ति प्रक्रियालाई अल्झाईराख्न नहुने धारणा राखे । श्रेष्ठले राजनीतिक परिवर्तनलाई अधिकारमा मात्रै समिति नराखी यसका आधारमा मुलुकमा आार्थिक विकास र समृद्धिको कार्यभारलाई पुरा गर्नुपर्ने बताए । व्यवस्था परिवर्तनका साथै जनतामा परिवर्तनको महशुस हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले समाजवाद उन्मुख समावेशी विशेषतालाई...

Read More

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ : सांसद केसी

काठमाडौँ – प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उनले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरेका हुन् । औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताए । “गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र सङ्कटमा पर्छ ।” सांसद केसीले पैतालीस प्रतिशत वनजङ्गलले ओगटे पनि...

Read More

खिम्ती-२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौँ – ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो। यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरे। पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८ दशमलव आठ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको जारी पुँजी रु तीन अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयर जारी गर्न लागिएको हो। साधारण शेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी...

Read More

साताको अन्तिम दिन नेप्से ९.३२ अंकले घट्यो, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ – यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार रु पाँच अर्ब ८९ करोड नाघेको थियो । नेप्से परिसूचक आज नौ दशमलव ३२ अङ्कले घट्दा कारोबार करिब रु ६ अर्ब ५० करोड नजिक पुगेको हो । नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर दुई हजार एक सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ । तीन सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता शेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा रु...

Read More