Author: Himalaya Post

गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट हुँदैन भन्ने भाष्य स्थापित भयो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छन् । गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा बिहीबार काठमाडौंमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै शर्माले निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाइ सुदृढ बनाउदै सुशासन कायमका साथै गल्ति गर्ने कसैलाई पनि छुट नहुने जवरजस्त भाष्य स्थापीत गर्न सफल भएको बताइन् । अहिले संविधान र कानूनभन्दा माथि कोही हुदैन भन्ने पुष्टि हुदै गएको उनले बताइन् । मन्त्री शर्माले मुलुक बिकासको बाटोमा तीव्र रुपमा अघि बढेको र जलविधुतको क्षेत्रमा विक्रि गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको धारणा राखिन् । उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको बताइन् । यद्धपी मुलुकमा देखिएको राजनीतिक अस्थीरताका कारण सोचेजस्तो विकास कार्यलाई अघि बढाउन नसकिएको उनको भनाइ छ । राससले गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा उक्त तस्बिर प्रदर्शनी आयोजना गरेको हो । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९० तस्बिर प्रदर्शनीमा समेटिएका छन्...

Read More

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

गण्डकी – गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ । कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलले सर्वोच्च अदातलमा दायर गरेको रिटको अन्तिम सुनुवाइ नहुँदासम्म गण्डकी प्रदेशसभाको बैठक एवं प्रदेश सरकारका काममा पार्टीको सहभागिता नहुने जनाएको छ । “अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ प्रदेश सरकारले यही जेठ ११ गते दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल...

Read More

‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताएका छन् । संस्थानको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ संस्थानको स्थापना गरिएको उल्लेख गरे । प्रधानसेनापति शर्माले संस्थानले विद्यमान कानुनको परिधिभित्र रहेर दक्ष एवम् उत्कृष्ट व्यावसायिक चिकित्सक र चिकित्सा क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादन गर्दै आएको बताए। उनले चिकित्सा शिक्षा र जनशक्तिको राष्ट्रिय आवश्यकता पूरा गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले आफ्नो गरिमा र गुणस्तर कायम राख्नुपर्ने बताए । संस्थानले पछिल्लो युगमा विकास भएका प्रविधिसँगै गुणस्तर...

Read More

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

दमौली (तनहुँ) – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका छौँ । यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।” पार्टीका स्थायी कमिटी सदस्य रहेका मुख्यमन्त्री अधिकारीले देश विकास, स्थिरता र आर्थिक समृद्धिका लागि एमालेलाई मूल शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको उनले उल्लेख गरे । प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्री अधिकारीले शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने जानकारी दिए । उनले समाजवादको यात्रामा अगाडि बढ्ने क्रममा आइपर्ने बाधालाई पन्छाउँदै निरन्तर गन्तव्यतर्फ लाग्नुपर्ने उल्लेख गरे । मुख्यमन्त्री अधिकारीले भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानुनको दुरुपयोग गर्ने लगायतका काम कोही कसैले गर्न नहुनेमा जोड दिए । पार्टीभित्र कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारबाही गरिने उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले भने, “हामी त्यस्ता व्यक्तिलाई संरक्षण गर्दैनौँ, पार्टीकै सहकारी विभागका सचिवको विषयमा कुरा आएपछि हामीले जिम्मेवारीबाट हटाएका छौँ ।” उनले प्रदेश सरकार प्रदेशलाई समृद्ध र विकासको...

Read More

राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : उपेन्द्र यादव

विराटनगर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दैै यादवले मुलुकको अहिलेको संसदीय प्रणाली पटक पटक असफल भइसकेको भन्दै मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनौट हुने संसद आवश्यक भएको उनको भनाई छ । उनले मुलुक स्वेच्छाचारी तानाशाहको चंगुलमा फस्ने सम्भावना देखिएकोले जनतालाई सचेत र सजग हुन आग्रह समेत गरे । अध्यक्ष यादवले लोकतन्त्रलाई धरापमा पार्न प्रेस स्वतन्त्रता हनन् गर्ने कार्य शुरु भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले नै हाकाहाकी पार्टी फुटाएको भनेकाले लोकतन्त्रको भविष्य आफुले नदेखेको बताए...

Read More