Author: Himalaya Post

राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : उपेन्द्र यादव

विराटनगर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दैै यादवले मुलुकको अहिलेको संसदीय प्रणाली पटक पटक असफल भइसकेको भन्दै मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनौट हुने संसद आवश्यक भएको उनको भनाई छ । उनले मुलुक स्वेच्छाचारी तानाशाहको चंगुलमा फस्ने सम्भावना देखिएकोले जनतालाई सचेत र सजग हुन आग्रह समेत गरे । अध्यक्ष यादवले लोकतन्त्रलाई धरापमा पार्न प्रेस स्वतन्त्रता हनन् गर्ने कार्य शुरु भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले नै हाकाहाकी पार्टी फुटाएको भनेकाले लोकतन्त्रको भविष्य आफुले नदेखेको बताए...

Read More

दर्जन बढी बस्तीमा खानेपानी समस्या

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ । घर अगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन । वर्षात्मा पानीको सहज आपूर्ति हुने गरेको भए पनि त्यहाँका आधा दर्जन गाउँ काकाकुल हुन्छन् । धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बास निवासी शशिकला विकले बताइन् । उनका अनुसार खोलामा पालो पाउन गाह्रो पर्छ । धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुर्नुपर्ने अवस्था छ । सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ । “घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ”, उनले भनिन्, “तर कहिल्यै १२ बजेसम्म पनि पानी ल्याइ नपुर्याउँदा त्यतिबेलासम्म खाना पाकेको हुँदैन ।” गाउँका सबै मान्छे दुईतीन घण्टा हिँडेर धारे खोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले पानी पाउँछन् भनेपछि गएकाहरूले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताइन् । “पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ”, उनले भनिन्, “पानी ल्याउनलाई राति उठ्नुपर्छ ।” पालो पाएपछि बिहान ६ बजे घर पुगिन्छ नपाए भने १०/११ बज्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूका अनुसार त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुई ट्याङ्की छन् । तीमध्ये एउटा...

Read More

२५६८ औं बुद्ध जयन्ती : मायादेवी मन्दिर परिसरमा विशेष पूजाअर्चना

लुम्बिनी – २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा विशेष पूजाअर्चना गरिएको छ । बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस’ मनाउनुका साथै बिशेष पूजाअर्चना गरिएको हो । त्यस्तै मायादेवी मन्दिर परिसरमा बुद्धसंग सम्बन्धीत फोटो प्रदर्शनी गरिएको थियो भने लुम्बिनी क्षेत्र विकास कोषले र्यालीको समेत आयोजना गरेको थियो । बुद्ध जयन्तीका अवससरमा नेपालका साथै भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगायतका देशबाट पर्यटक तथा भक्तजनहरु लुम्विनीमा पुगेका छन्...

Read More

पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज

म्याग्दी – म्याग्दी जिल्लाको मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ मिटर पक्की नहर निर्माण र तीन सय मिटर पाइप लाइन जडान गरेर सिँचाइ गर्ने व्यवस्था मिलाएको जानकारी दिए । “नहर निर्माण र पाइप लाइन जडान भइसकेको आयोजनाबाट पानी ल्याएर सिँचाइ गर्न थालेका छौँ”, उनले भने, “सुरु गरेको दुई महिनामा योजना निर्माण सम्पन्न गरिएको हो ।” गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट दाजुङखोलाको दोभानदेखि फूलबारीतर्फ दुई सय ६६ मिटर पक्की नरह निर्माण भएको थियो । करिब ५० घरधुरी कृषकको एक सय ७५ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको स्थानीय भीमबहादुर बुढाले बताए । “कच्ची नहरमा मुहानबाट हालेको पानी सोसिएर खेतबारीमा पुर्‍याउनै कठिन भएको थियो”, उनले भने, “पक्की नहर बनेपछि मुहानबाट हालेको सबै पानी खेतबारीमा पुग्न थालेको छ ।” श्रमदान गरेर बर्सेनि नहर सफा गर्नुपर्ने समस्या पनि हटेको छ । उपभोक्ताहरू नै मजदुरका रुपमा आयोजना निर्माणमा परिचालन भएकाले विकाससँगै रोजगारीको सिर्जना भएको बुढाले बताए । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयमार्फत चालु आर्थिक वर्षमा ६० सिँचाइसम्बन्धी आयोजना निर्माणाधीन रहेका छन् । अधिकांश आयोजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका प्रमुख झलक मोहन ओझाले बताए ।...

Read More

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

काठमाडौँ- प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा। आरजु राणाले दिगो विकासले लिएको लक्ष्य अनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् । बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् । जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरुको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् । “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन्– “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरुपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।” नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डा।राणाले पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको बताइन् । “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्वपूर्ण छ, उहाँहरुले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ”, उनले भनिन्, “जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्छ ।” सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको हक सुनिश्चित गराउन आवश्यक रहेको बताइन् । उनले नेपालीहरुले स्वच्छ वातावरणमा बाँच्न नपाएको भन्दै उनीहरुको मौलिक हक कार्यान्वयनका लागि अदालतको पहल जारी रहने...

Read More