बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
मलेखु – विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो । यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे । विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बने । महोत्सवमा सहभागी जनजागृति मावि, कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भनिन, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आत्मविश्वास बढाएको छ ।” यस्तै भनाइ थियो, कक्षा ८ मा अध्ययनरत...
Read More

























