काठमाडौं–मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० बर्षको उमेरमा मंगलबार अपराह्नन दार्जिलिङस्थित निवासमा निधन भएको छ ।


ADVERTISEMENT


तेस्रो आयाम र लीला लेखनजस्ता साहित्कि अभियानका अगुवा राई दुई बर्षदेखि थलिएका थिए ।


ADVERTISEMENT

# # #


कता, निबन्ध, उपन्यसा, नाटक र समलोचनालगायत विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए ।

गत २७ अगस्टमा श्रमती मायादेवीको निधनपछि उनी बढी खस्किँदै गएका थिए ।

पत्नीको निधनअघिसम्म फाट्टफुटट्ट लेखपढ पनि गर्नुहुन्थ्यो, सिलगुडीका कवि राजा पुनियानीले भने, तर, जीवनसंगिनी गुमाएपछि हारेका सिपाहीजस्तै हुनुभएको थियो ।–आजको कान्तिपुर दैनिकबाट