काठमाडौं – पपुवा न्युगिनीले पहिलो पटक टी–२० विश्वकप खेल्ने भएको छ ।


ADVERTISEMENT


विश्वकप छनोटमा आइतबार भएको समूह ‘ए’ को खेलमा पपुवा न्युगिनीले केन्यालाई ४५ रनले हरायो । अर्को खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई हरायो र, दुबैको समान १०/१० अंक भयो । तर पपुवा न्यूगिनीले रनरेटमा बाजी मार्‍यो र समूह चरणको शीर्ष स्थानमा रह्यो ।


ADVERTISEMENT

# # #


केन्याविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको कुनै एक समयमा ३.६ ओभरमा १९ रन हुँदा ६ विकेट गुमाएको थियो ।

यो स्थितिबाट उसलाई पारी उकास्ने ब्याट्सम्यानको आवश्यक थियो । नभन्दै सातौ विकेटका लागि नोरमान भनुवा र सेसे बाउले ७७ रनको साझेदारी गर्दै टिमलाई १६.३ ओभरमा ९६ रनको स्थितिमा पुर्‍याए । बाउ १७ रनमा आउट भए । लगतै १६.५ ओभरमा नै ९६ रन हुँदा भनुवा ५४ रनमा आउट भए । तर १९.३ ओभरमा सबै विकेट गुमाएर ११८ रन बनाउन सक्यो ।

केन्यालाई ११९ रनको चुनौती ठूलो स्कोर थिएन । त्यसैले जित्न पपुवा न्युगिनीका बलरलाई ठूलै चुनौती थियो ।

तर पपुवा न्युगिनीका बलरले उत्कृष्ट प्रदर्शन गर्दै १८.४ ओभरमा ७३ रन जोड्दा केन्यालाई अलआउट गर्‍‍यो । कप्तान असद भालाले चार ओभरमा सात रन मात्रै खर्चिएर तीन विकेट लिए । त्यस्तै, नोसाइना पोकनाले ३.४ ओभरमा २१ रन खर्चिएर तीन विकेट लिँदा भनुवा र दामिन राभुले समान २–२ विकेट लिए । पपुवा न्युगिनीका बलरसामू केन्याका कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन् । इर्फान करिमले २९ र अमान गान्धीले अविजित १४ रन मात्रै बनाए ।

रन रेटमा चुकेको नेदरल्याण्ड; र तेस्रो स्थानमा रहेको नामिबियाले अब सेमिफाइनलमा प्रवेश गर्न प्ले अफ खेल्नुपर्नेछ ।