श्याम ठाकुर, सिरहा – जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ परेका हुन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको भनि पीडितले अख्तियारमा उजुरी दिएका थिए।