काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

“नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुल्ला) पदका लागि मैले उम्मेदवारी मनोनयन दर्ता गराएको छु” थापाले भने “पार्टीलाई अझ गतिशील, समयसापेक्ष र बलियो बनाउने अठोटका साथ यो यात्रामा उभिएको छु । यस सुअवसरमा सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूको अमूल्य साथ, स्नेह, सहयोग र बहुमूल्य मतको हार्दिक अपेक्षा एवं विनम्र अनुरोध गर्दछु ।”

१५ औँ महाधिवेशनअघि भएको काठमाडौँ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। महाधिवेशन प्रतिनिधिमा उनले खुलातर्फ उनले १७१ मत पाउँदै सर्वाधिक मत प्राप्त गरेका थिए।

उनी गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ १ मा उम्मेदवार बनेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्रृ रन्जु दर्शनाले १५ हजार ४५५ मतसहित विजयी हुँदा थापाले ६ हजार ३६४ मत पाए। उनी विशेषगरी युवा प‌ङ्तिमा लोकप्रिय छन्। यसअघि उनी पार्टीको प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सचिव समेत थिए। ।