अदुवा सेवन स्वास्थ्यका दृष्किोणले निक्कै फलदायी मानिन्छ । अदुवामा भएको न्यूट्रीएन्ट्सले कयौँ स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । दिनहुँ आफ्नो खानामा एक टुक्रा अदुवा सेवन गर्नेले मानिसलाई धेरै फाईदा हुन्छ ।
अदुवाका फाइदा
– अदुवा सेवनले कोलेस्ट्रोल स्तर कम गर्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।
– अदुवामा थर्मोजेनिक एजेन्ट्स हुन्छ । यसले फ्याट बर्निंग प्रोसेस तीव्र हुन्छ । जसकारण वजन चाँडो कम हुन्छ ।
– अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नीको दुखाईबाट बचाउँछ ।
– अदुवामा फोस्फोरस हुन्छ । जसले दाँतलाई मजबूत राख्छ र गिजाको समस्याबाट बचाउँछ ।
– अदुवा सेवनले शरीरको इम्यूनिटी बढ्छ । यसले रुघाखोकी जस्ता इन्फेक्शनबाट बचाउँछ ।
– अदुवामा एन्टीसेप्टिक गुण हुन्छ । जसले त्वचा सम्बन्धि समस्याबाट बचाउँछ ।
– अदुवामा आइरन हुन्छ । यसले रगतको कमी (एनीमिया )बाट बचाउँछ ।