बेलायत, फ्रान्स र जर्मनीले इरानले आणविक सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । जसका कारण इरान माथि यसअघि फुकुवा भएको संयुक्त राष्ट्रसंघको प्रतिबन्ध पुन: लागू हुनसक्ने आशंका बढेको छ । उनीहरुले इरानसँग ५ वर्ष अघि भएको आणविक सम्झौताबाट पछि हट्ने निर्णय समेत गरेका छन् ।


ADVERTISEMENT


तीन वटै मुलुकले संयुक्त वक्तव्य जारी गर्दै इरानसँगको सम्झौताबाट पछि हट्ने घोषणा गरेको छ ।
निश्चित परिमाणमा मात्र युरेनियम प्रयोग गर्ने सम्झौता विपरीत इरान गएपछि सम्झौताबाट पछि हट्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । इरानको सो कदमले अशान्ति सिर्जना हुने भन्दै सम्झौता भंग गर्न बाध्य भएको समेत जनाइएको रोयटर्सले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि सन् २०१८ मा अमेरिकाले सोही आरोप इरानमाथि लगाई सम्झौताबाट पछि हटेको थियो । सम्झौता भंग गर्ने निर्णय युरोपियन युनियन ईयुलाई समेत जानकारी गराउने तयारी समेत भएको छ । लगत्तै ईरानले चीन र रुस तथा ईरानलाई समेत सो बारेमा आधिकारीक जानकारी गराउने छ ।

यद्यपि, ईरानले भने आफूले सम्झौता उल्लंघन नगरेको बताउँदै आएको छ ।