• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




‘नेपाल र भारतको सम्बन्ध हिमालझै अटल छ’

Jan 16, 2020 |

‘नेपाल र भारतको सम्बन्ध हिमालझै अटल छ’

675
SHARES
ShareTweet

नेपाल र भारतको सम्बन्ध हिमला झै अटल र गङ्गाझै पवित्र रहेको नेपाल र भारतका अधिकारीले जोड दिएका छन् ।


ADVERTISEMENT


भारत बिहार राज्यको सुपौल जिल्लास्थित वीरपुर र दरभङ्गा जिल्लाको दरभङगामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडिएम सुभाषकुमारले नेपाल भारतको सम्बन्ध बेटी रोटीको जस्तै भएको बताए । उनले दुई देशको सम्बन्ध बेटी रोटीकै भएका कारण अन्य मुलुकमा जानका लागि प्रवेशआज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गरे ।

सम्बन्ध अटुटभएकै कारणले दुई देशका नागरिकले खुला रूपमा आवतजावत गर्न सकिरहेको एसडिएम सुभाषकुमारले बताए । उनले दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा जोड दिए ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझै अटल र गङ्गाझै पवित्र भएको बताए । प्रमुख मेहताले भारतीय अधिकारीहरुलाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिए । उनले अहिले भ्रमणवर्ष चलिरहेको भन्दै एसडिएम सुभाषकुमारलाई नेपाल घुम्न आउन आग्रह गरेका हुन् ।

नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा, काठमाडौँको पशुपतिनाथलगायतका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको बताए । भ्रमण वर्षलाई लक्षित गरेर आफूहरुले छिट्टै नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडिएम सुभाषकुमारले प्रमुख मेहता समक्ष प्रतिबद्धता व्यक्त समेत ब्यक्त गरेका छन् ।

सोही कार्यक्रममा बोल्नुहुँदै भारत बिहार सुपौल जिल्ला वीरपुरका एएसपी रमानन्दकुमार कौसलले सीमा क्षेत्रमा दुवै देशका नागरिकमा केही समस्या भएकाले यसको समाधानका लागि आग्रह गरे । विवाह, व्रतबन्धलगायतका बेला नेपाली वा भारतीय क्षेत्रका नागरिकले कुनै पनि सामग्री आयात निर्यात गर्दा समस्या हुने भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा उनको जोड छ ।

भारतको दरभङ्गा जिल्ला स्थित दरभङ्गामा रहेको दरभागा राजाको सङ्ग्रहालय, विवेकानन्द क्यान्सर रिसर्च सेन्टर लगायतका क्षेत्रको अवलोकन गराइएको छ ।

कार्यक्रम नेपाल भारतमैत्री सङ्घ इनरुवा सुनसरी र अनुमण्डलीय जनचेतना समिति भारत वीरपुरको समन्वयमा भएको हो ।

कार्यक्रममा नेपाल भारतमैत्री सङ्घका अध्यक्ष हेमराज पोखरेल, सन्तोषदेव, गिरीराज अटल, कृष्ण दाहाल, राससकर्मी अजितकुमार झा, सीताराम पौदार पुरुषोत्तम घिमिरे लगायतको सहभागिता रहेको थियो ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousम्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश
Nextस्वीकृति बिना राखिएका पसल हटाइने

ताजा खबर

  • शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय थप
  • एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न
  • सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी
  • दक्षिण एसियाली करातेमा नेपाल उपविजेता
  • रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved