काठमाण्डौ
म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । हुवान माटाको दोस्रो हाफको एकमात्र गोल निर्णायक बन्यो ।वल्ड ट्राफोर्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर खेलको ६७औँ मिनेटमा एन्थोनी मार्सियलले मिलाइदिएको बललाई माटाले गोलमा परिणत गरे ।


ADVERTISEMENT


त्यसअघि उल्भ्सले गोल गरेको थियो तर गोल हुनुभन्दा अगाडि ह्याण्ड देखिएका कारण भिडियो एसिस्टेन्ट रेफ्री ९ भीएआर० ले त्यो गोललाई मान्यता दिएनन् ।प्रतिस्पर्धात्मक खेलमा म्यान्चेस्टर युनाइटेडले केही राम्रा मौका पाएको थियो । कुल ११ पटक उल्भ्सको पोस्टमा प्रहार गरेको युनाइटेडको ६ वटा प्रहार फ्रेममा लागेको थियो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा पनि माटाको उत्कृष्ट प्रहार उल्भ्सका गोलकीपरले बचाएका थिए ।