काठमाण्डौं
पशुपति क्षेत्रका विभिन्न ठाउँमा स्वीकृति बिना राखिएका पूजा सामग्रीलगायतका पसल हटाइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर एक हप्ताभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल हटाउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


स्वीकृति नलिर्इ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको कोषले जनाएको छ ।


ADVERTISEMENT

# # #


पञ्चदेव पछाडिका २६ पसलले मात्र स्वीकृति लिए पनि झण्डै दुई सय पसल टहरामा सञ्चालन गरिएको छ । जसले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असजिलो भएको कोषले जनाएको छ ।

यसैबीच कोषले पर्यटकलाई आकर्षित गर्न अब हरेक महिनाको पहिलो दिन सङ्गीत सन्ध्या आयोजना गर्ने भएको छ । सङ्गीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति पर्यटकलाई जानकारी गराउने तयारी रहेको कोषले जनाएको छ ।