काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि मेघा शाही ले उम्मेदवारी दर्ता गरिसकेकी छिन्। उनले खुल्ला मधेश प्रदेश भूगोल महिला तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
नेविसंघबाट उदाएकी शाही कांग्रेसभित्र निखारिएको र अनुभवी नेतृका रुपमा चिनिएकी छिन्। विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेकी उनले नेविसंघमा रहँदा संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। नेपाली कांग्रेसको भातृ संगठनबाट खारिएर आएकी नेतृ भएकाले उनको संगठनात्मक पकड बलियो मानिन्छ। मधेश प्रदेशमा लोकप्रिय नेतृका रुपमा चिनिएकी शाही युवामाझ निकै रुचाइएकी छिन्।
१५औं महाधिवेशनलाई ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ र ‘गौरव, गति, गठबन्धन’ नाराका साथ अघि बढेको कांग्रेसमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उम्मेदवारी दर्तासँगै उनलाई शुभकामना दिनेहरुको भिड बढेको छ। कार्यकर्ताहरुले अनुभवी, लोकप्रिय र नेविसंघ पृष्ठभूमिबाट आएकी नेतृ केन्द्रीय समितिमा आवश्यक रहेको बताएका छन्।
















