काठमाडौं – काँग्रेस सांसद गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थितललिता निवास जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई जोगाएको भन्दै श्रीस्वस्थानी बाचन शैलीमा व्याङग्य कसेका छन् ।


ADVERTISEMENT


मंगलबारको बैठकमा बोल्दै थापाले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु ! थाहा पाईहाले होइन होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्नेभए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु !’, थापा यतिमै रोकिएनन् ।


ADVERTISEMENT

# # #


अघि बढ्दै भने, ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियारपुराणे, कुमारविष्णु सम्वादे, श्रीस्वस्थानी व्रतकथाये बालुवाटार प्रकरणवर्णनाम प्रथमअध्याय धन्यवाद !’