काठमाडौँ – अर्थमन्त्री डा. खतिवडाले सूचना तथा सञ्चारप्रविधि मन्त्रीको समेत सजम्मेवारी पाएका छन् । निवर्तमान मन्त्री गोकुल बाँस्कोटाले नैतिकताका आधारमा बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी समेत अर्थमन्त्री डा. खतिडालाई दिएका हुन् ।


ADVERTISEMENT


यस्तै राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री ओलीको सिफरिसमा सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई दिएकी छन् । यसअघि समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी मन्त्रालयको जिम्मेवारी पनि बाँस्कोटाले सम्हाल्दै आएका थिए ।


ADVERTISEMENT

# # #


सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि नैतिकताको आधार देखाउँदै राजीनामा दिएका थिए ।