काठमाडौँ – काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा सीप मेला आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न आयोजना गर्न लागिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासंग सम्बन्धित निशुल्क तालिम उपलब्ध गराउने उदेश्यका साथ सिप मेलाको आयोजना गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ ।

जसमा २९ प्रकारका पेशागत तालिम हुने उनले बताइन् । डंगोलले रोजगारीमार्फत नै काठमाडौंको समृद्धि हासिल गर्न सकिने भएकाले महानगरले रोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको बताइन् ।

तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धीत रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ ।