काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय बिरामी चाप ह्वात्तै बढेको छ । मौसमी रुघाखोकीले बिरामी भएका व्यक्ति पनि कोरोना भाइरसको संक्रमण भएको आशंकामा अस्पताल आउने भएकाले चाप बढेको प्रवक्ता डाक्टर अनुप बास्तोलाले बताउनुभयो ।


ADVERTISEMENT


अहिले चीन लगायत दक्षिण कोरिया, खाडी लगायत मूलुकबाट आउने व्यक्तिको पनि स्वास्थ्य परीक्षण अनिवार्य गरेपछि विदेशबाट आएका कोरोना शंकास्पद बिरामीको संख्या पनि बढेको उहाँको भनाई छ । अहिलेसम्म आइसोलेशनमा बसेका ४० जनामध्ये एकजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएको व्यक्तिको पनि स्वास्थ्य अवस्था सुधारिएको डा बास्तोलाको भनाई छ ।


ADVERTISEMENT

# # #