विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोना भाइरस (कोभिड–१९) लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।


ADVERTISEMENT


पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा बढेको र ४ हजारभन्दा बढीको ज्यान गएको उल्लेख गर्दै डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले यसलाई महामारीको संज्ञा दिएको बताए । ‘आउँदा दिन र हप्ताहरुमा अझ बढी संक्रमण, मृत्यु र थप देशहरुमा फैलने आकलन हामीले गरेका छौं । त्यसैले हामीले कोभिड–१९ लाई महामारीकै रुपमा लिएका छौं,’ डब्लूएचओका महानिर्देशक गेहब्रेयससले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने ।


ADVERTISEMENT

# # #


उनले ‘महामारी’ शब्दलाई हल्का र लापर्वाहीपूर्वक नलिन पनि आग्रह गरे । ‘महामारी शब्दलाई हल्का र लापर्वाहीपूर्वक लिन हुादैन । यदि यसको गलत प्रयोग भयो भने यसले अनावश्यक त्रास फैलाउाछ । साथै कोभिड–१९ विरुद्धको लडाइा अब सकियो भन्ने बुझिन्छ र अझ यसले थप मृत्यु निम्त्याउन सक्छ,’ उनले भने ।

यसअघि पनि महामारीका रुपमा फैलिएका रोग एकै पटक नियन्त्रण गर्न नसकिएको उदाहरण दिादै महानिर्देशक गेहब्रेयससले सबै देशले तत्काल कडा कदम चाल्नुपर्ने बताए । यदि कोभिड–१९ को परीक्षण, उपचार, आइसोलेसनमा राख्ने र संक्रमण देखिएमा तत्काल स्वास्थ्य कर्मचारीहरुलाई परिचालन गर्न सके यसलाई रोक्न सकिने पनि उनले बताए । केही देश कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सफल रहेको पनि महानिर्देशकले बताए ।

महानिर्देशक गेहब्रेयससलले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चार वटा कुरामा विशेष ध्यान दिनुपर्ने पनि बताएका छन् । त्यस्तै महानिर्देशक गेहब्रेयससले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि तयारी, जनस्वास्थ्य, राजनीतिक नेतृत्व र आम सर्वसाधारण एकजुट भएर लाग्न पनि आग्रह गर्नुभएको छ ।

४ हजार ६ सय ३३ को मृत्यु
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमणबाट बिहीबार बिहानसम्म ४ हजार ६ सय ३३ को मृत्यु भइसकेको छ । त्यस्तै विश्वका १२४ देशभन्दा बढी देशमा एक लाख २६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । चीनमा बिहीबार बिहानसम्म ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ९६ जना संक्रमित भएका छन् । त्यसमध्ये ६२ हजार ८ सय निको भएको चिनियाा स्वास्थ्य आयोगले जानकारी दिएको छ ।