काठमाडौं – मन्त्रिपरिषदको बैठक आइतबार बस्दै छ । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्ने बताइएको छ ।


ADVERTISEMENT


आज बस्ने मन्त्रिपरिषद बैठकले समितिले गरेको कामको समीक्षा र थप तयारीका विषयमा निर्णय लिने बताइएको छ ।यस्तै बैठकले लकडाउन लम्ब्याउने निर्णय गर्ने तयारी रहेको स्रोतको दाबी छ । त्यस्तै लकडाउनका कारण मर्कामा परेको न्यून आय भएका, दैनिक ज्यालादारी परिवारलाई राहत प्याकेजको घोषणा गर्ने पनि सरकारको तयारी छ ।


ADVERTISEMENT

# # #


यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो ।