काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच भएको बैठक सम्पन्न लगत्तै सचिवालय बैठक बुधबार अपरान्ह ५ बजेका लागि बोलाइएको हो । यसअघि बैठक आजै बस्ने तयारी थियो । तर अध्यक्षद्वयको भेटपछि बैठक एकदिन पर सारिएको हो ।


ADVERTISEMENT

# # #


पछिल्लो समय सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशसहित दुई अध्यादेश ल्याएपछि नेकपाको राजनीतिमा तरंग छाएको छ । नेकपाका कतिपय नेताहरुले प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेका छन् ।