पोखरा – गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कोभिड–१९ को महामारीमा पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन्  ।


ADVERTISEMENT


तनहुँ जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुखसँग आज भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री पुनले विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन आवश्यक रहेकामा जोड दिइन्।


ADVERTISEMENT

# # #


जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको बैठकमा स्थानीय सरकार र विद्यालयले अहिलेको अवस्थामा गर्न सक्ने कार्यको विषयमा छलफल गरिएको थियो । शिक्षा, विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख रमाकान्त शर्माका अनुसार स्थानीय सरकारले प्रधानाध्यापकको बैठक, विद्यालय र शिक्षकले गर्न सक्ने कार्यको खोजी, विद्यालय खुलेपछिको तयारी, योजना निर्माण, सूचना प्रविधिको प्रयोग, स्थानीय पाठ्यक्रमको निर्माण, पाठ्यपुस्तक वितरणलगायत गर्न सक्ने विषयमा छलफल गरिएको छ ।

भिडियो कन्फरेन्स बैठकमा जिल्लाका चार गाउँपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता थियो ।