काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (शनिबार) केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावका बारेमा संस्थागत निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १३ गते डाकेको सर्वदलीय बैठकमा कांग्रेसले संविधान संशोधन बारे केन्द्रीयकार्य समितिबाट निर्णय गर्ने बताएका थियो ।


ADVERTISEMENT

# # #


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको जानकारी दिए ।