काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर पछिल्लो २४ घण्टायता २६४ जना डिस्चार्ज भएका छन् ।
यसरी आजसम्म नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ९६४ रहेको छ । आज मात्रै १८० जना संक्रमित थपिएका छन् ।
कुल संक्रमित मध्ये नेपालमा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
फाइल फोटो