• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




विद्युतीय माध्यमबाट कारोवार गर्न आग्रह

Aug 21, 2020 |

विद्युतीय माध्यमबाट कारोवार गर्न आग्रह

485
SHARES
ShareTweet

धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोवारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा आज यहाँ जारी विज्ञप्ति मार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोवार गर्न भनेको हो ।


ADVERTISEMENT


यस्तै धितोपत्र दलाल व्यवसायीलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी समेत विद्युतीय माध्यमबाट मात्रै गर्न आग्रह गरिएको छ । राजधानी काठमाडौँलगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले निषेधाज्ञा घोषणा गरेको सन्दर्भमा त्यसलाई पूर्ण रुपमा परिपालना गर्दै एसोसिएशनले यस्तो विषम अवस्थामा सिमित बैंकिङ कारोबार भएको तथा चेक मार्फत शेयर खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीलाई अप्ठ्यारो पर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


एसोसिएशनले नेपाल धितापत्र बोर्डले यही भदौ ३ गते जारी गरेको निर्देशन र त्यसमा उल्लेख भए अनुसार थप १५ दिन भित्रमा धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम विद्युतीय भुक्तानी माध्यमबाट मात्रै गर्न समेत पुनः स्मरण गराइएको छ । सो अवधिमा धितोपत्र दलाल व्यवसायीले विद्युतीय माध्यमबाट भन्दा अन्य माध्यमबाट भुक्तानी लिन नसक्ने समेत स्पष्ट पारेको छ ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousघरमै तिज, सुनसान पशुपतिनाथ !
Nextथप ८३८ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १८ हजार नाघ्यो

ताजा खबर

  • पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप्ने प्रक्रिया अघि बढेको छ : मन्त्री पाण्डे
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री ओली
  • युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने
  • ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात भयो : काँग्रेस
  • हिमतालको जोखिम घटाउन जिसिएफको ५ अर्ब अनुदान

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved