काठमाडौँ – आकस्मिक उद्धार रोकिएपछि सोमवार विमानस्थलमै अलपत्र २ सय ३५ नेपाली कामदारको उद्धार हुने भएको छ । नेपाल वायुसेवा निगमले शुक्रवार विज्ञप्ति जारी गर्दै आइतवार ती यात्रुलाई ल्याउन वाइडबडी पठाउने निर्णय गरेको जानकारी दिएको हो ।


ADVERTISEMENT


 

भदौ १ गतेदेखि विदेशमा अलपत्र यात्रुलाई उद्धार गर्ने सरकारी निर्णयपछि निगमको चार्टड उडान दुबई उडेको थियो । तर सरकारले सोही दिन उद्धार रोक्ने आकस्मिक निर्णय गरेपछि निगमको चार्टर्ड विमान रित्तै फर्किएको थियो । सीसीएमसीले क्वारेन्टिनको व्यवस्था नभएको भन्दै संस्कृत नागरिक उडड्यन तथा पर्यटन मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्रपछि मन्त्रालयले उडान रोक्ने निर्णय गरेपछि व्यवस्थापनविनै गरिएको सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो ।


ADVERTISEMENT

# # #


 

निगमले आइतवार बिहाना साढे ७ बजे पुनः उद्धारका लागि विमान पठाउने निर्णय गरी सोमवार छुटेका यात्रुलाई कोरोना नेगेटिभ रिपोर्टसहित विमानस्थलमा आउन सूचना जारी गरेको छ ।