काठमाडौँ – नेपालका चर्चित उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले शुक्रबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
संक्रमितको सम्पर्कमा आएपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन् । उनलाई कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण देखिएको छैन ।
‘बिहान पीसीआर परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षण भने देखिएको छैन ।’ ट्वीटरमा उनले भनेका छन्, ‘यद्दपी डाक्टरको सल्लाह अनुसार म आइशोलेसनमा बसेको छु । मेरो सम्पर्कमा आएका जोजति हुनुहुन्छ, कृपया आवश्यक सावधानी अपनाउनुहोला ।’
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020