एजेन्सी – दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्स स्वीडेनको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती जारी गर्दै स्वीडेन क्रिकेट संघले देशमा क्रिकेटको विकास गर्न खासगरी जुनियर क्रिकेटरहरुको क्षमता विकास लागि जोन्टीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । नियुक्तिपछि ५१ वर्षीय जोन्टीले खुसी व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


इतिहासकै महान फिल्डरका रुपमा चिनिने जोन्टीले ३४५ जटा एक दिवसीय र ५२ टेस्ट खेल खेलेका छन् । उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टिमको लागि फिल्डिङ प्रशिक्षक र आइपीएलमा मुम्बई इण्डियन्स र किंग्स ११ पन्जावको फिल्डिङ प्रशिक्षकका रुपमा काम गरेका छन् ।

जोन्टीको नेपाल क्रिकेटसँग पनि सम्बन्ध रहेको छ । उनले नेपाली यू–१९ क्रिकेट टिमलाई समेत विशेष प्रशिक्षण दिएका छन् । उनी धनगढी प्रिमियर लिग (डीपीएल)का को फ्रेन्चाइज्ड टिम सीवाइसी अत्तरियाको मुख्य प्रशिक्षक समेत बनेका थिए ।