काठमाडौँ – सरकारले एसिड आक्रमणमा परेका पीडिहरुको सम्पूर्ण उपचार व्यहोर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् वैठकले औषधिसहित पीडिको सबै उपचार व्यहोर्न निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्ले एसिड पीडिको उपचार, आक्रमणकारीलाई सजाय, आयात निर्यात र बिक्री वितरणका लागि नयाँ ऐन बनाउने निर्णय गरेको जानकारी दिए।
ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले पीडितको उपचार खर्च र जीवनभर प्रयोग गर्नु पर्ने औषधीको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।