काठमाडौँ – कोरोना संक्रमणलाई रोक्न भनृर सरकारले गरेको बन्दाबन्दीका कारण चैतयता विद्यालयहरु बन्द छन् । नयाँ शैक्षिक सत्र शुरु भएको छैन । विद्यालय कहिलेबाट खोल्ने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने भएपनि सरकारले अहिलेसम्म विद्यालय खोल्ने कुनै निर्णय गरेको छैन ।


ADVERTISEMENT


यद्यपि, शैक्षिक सत्र भने यस वर्ष पनि चैतमै सकिने दाबी शिक्षा, विज्ञान एवं प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गरेका छन् ।


ADVERTISEMENT

# # #


मन्त्रालयले शैक्षिक सत्र खेर जान नदिने गरी पाठ्यवस्तु संश्लेषण गरी पाठ्यवस्तु समायोजन ढाँचा २०७७ स्वीकृत गरेको छ। शिक्षामन्त्री पोखरेलकाअनुसार चैतमा यो वर्षको शैक्षिक सत्र सकिने छ । मंगलवार पत्रकार सम्मेलन गरी पोखरेलले विद्यार्थीलाई अनलाइन, घर नै शिक्षालयजस्ता वैकल्पिक विधिबाट सिकाइ निरन्तरता दिने र परीक्षासमेत गरिने जानकारी दिए ।

उनकाअनुसार मंसिर र चैतमा सबै तहका विद्यार्थीको परीक्षा हुनेछ। समायोजन ढाँचामा कोरोना महामारी रहिरहेमा घरघरमै प्रश्नपत्र पठाएर भए पनि परीक्षा लिन सकिने विकल्प समेटिएको पोखरेलले बताए ।