काठमाडौँ – भारत र चीनबीच दूरी बढ्दै गएर द्धन्द चर्किदै गएको बेला भारतले अमेरिकासँग दोस्ती बढाएको छ । चीनसँग सिमा विवाद बढेसँग भारत र चीनको सम्बन्ध बिग्रिदै गएको छ ।


ADVERTISEMENT


केही समयदेखि भारत र अमेरिकाका उच्च अधिकारीहरु निरन्तर छलफलमा छन् भने उच्च अधिकारीको दुई देशिय भ्रमण पनि बाक्लिएको छ । भर्खरै मात्र अमेरिकी विदेशमन्द्दत्री माइक पम्पियोले भारतबाटै दक्षिण एसियाको भ्रमण शुरु गरेका छन् । हालै दुई देशबीच ‘टु प्लस टु’ वैठक सम्पन्न भई दुई देशले अमेरिकामा ट्रम्प र भारतमा मोदी उदाएपछिको दुई देशिय सम्बन्धको समीक्षा समेत गरेका छन् । अक्टोबर पहिलो साता दुई देशबीच सुरक्षा वैठक भएकोमा दुई देशबीच सुरक्षा सम्झौता गरी अघि बढ्ने निर्णय समेत भएको छ ।
विश्वमा बढ्दै गएको चीनको प्रभाव कम गर्ने दुई देशको साझा नीति भएकाले भविष्यमा त्यस्तो कुनै घटना घटेमा त्यसको सोझो प्रभाव नेपालमा पनि पर्ने विज्ञहरुको विश्लेषण छ ।


ADVERTISEMENT

# # #


भारत र अमेरिकावीच बढेको संवाद र सहकार्यलाई विश्लेषकहरुले पृथकरुपमा हेर्दै यो दीर्घकालीन सहकार्य भएको उल्लेख गरेका छन् । चीनसँग लद्दाखमा द्वन्द्व बढेपछि भारतले अमेरिकासँग दोस्ती बढाउँदै गएको छ ।