काठमाडौँ – संयुक्त राज्य अमेरिकाले नेपालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि एक सय थान भेन्टिलेटर प्रदान गरेको छ ।


ADVERTISEMENT


शुक्रबार नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सहयोग हस्तान्तरणपछि बोल्दै राजदूत बेरीले अमेरिकाले सबैभन्दा खराब समयमा पनि नेपाललाई सहयोग जारी राख्ने बताए । उनले उक्त भेन्टिलेटरले कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अमेरिकाले अमेरिकी सहायता नियोग युएसएड मार्फत नेपाललाई विभिन्न सहयोग गर्दै आएको छ ।