काठमाडौँ – चीनले गरेको नाकाबन्दीका कारण एक वर्ष देखि नेपाली सामानको चीनतर्फको निर्यात ठप्प भएको छ ।


ADVERTISEMENT


अघिल्लो वर्ष डिसेम्बरमा चीनको वुहानबाट कोरोनाको पहिलो लहर शुरु भएसँगै नाका बन्द भएको थियो । पछि कोरोना विश्वव्यापी बन्दै नेपालमा पनि फैलिएपछि चीनले नाका बन्द गरेकोमा हालसम्म उत्तरी नाका खुल्न सकेको छैन । हाल चीनले नै नाका वारिसम्म चिनियाँ उत्पादन आफ्नै कन्टेनरमा पुर्‍याउने गरेकोमा निर्यात भने ठप्प छ ।


ADVERTISEMENT

# # #


चीनमा नेपाली हस्तकला, गलैंचा, कार्पेट, जडिबुटी जस्ता सामानको निर्यात हुने गरेको छ ।

हाल चिनियाँ पक्षले नै सिमावारि सम्म दैनिक बढीमा ५ कन्टेनर सम्म सामान पुर्‍याइदिने गरेकोमा नेपाली कन्टेनरहरु सिमा पारि जान पूर्ण रुपमा निषेध गरिएको छ । नाका बन्द हुँदा नेपाली उत्पादनले बजार नपाएको र कतिपय व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए ।

उनले संघबाट धेरै पटक सरकारसँग नाका खोल्न पहल गरिदिन आग्रह गरेपनि सरकारले आश्वासन दिएको तर नतिजा देखिने गरि काम नभएको बताए । उनले भने, ‘दैनिक सय कन्टेनर सामान आयात हुने नाकाबाट हाल मुश्किलले ५ कन्टेनर आइरहेका छन्, निर्यात त ठप्प नै छ ।’