काठमाडौँ – नवगठित विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्माओलीका कारण लोकतन्त्रमाथि नै खतरा बढेको टिप्प्णी गरेको छ । प्रधानमन्त्रीका मनपरीपूर्ण स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रको माथि नै जोखिम बढेर गएको पार्टीको ठहर छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती निकाल्दै विवेकशील साझाले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्ममाथि ठाडो प्रहार र सर्वसत्तावादतर्फको सरकारको अर्को कदम भएको भएको बताएको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तीमा भनिएको छ, ‘सरकारको अक्षमता र सत्तारूढ दलभित्रको अन्तहीन आन्तरिक किचलोको मुलुक र नागरिकले यसैपनि चर्को मूल्य चुकाउनुपरिरहेका बेला प्रधानमन्त्रीका मनपरीपूर्ण स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रको माथि नै जोखिम बढेर गएको छ। ’

अध्यादेश तुरून्त फिर्ता लिन सरकारलाई आग्रह गर्दै विवेकशील साझाले संवैधानिक परिषद् ऐनको यसअघिको प्रावधान अनुसार शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका आधारमा संवैधानिक अंगहरूमा सक्षम र योग्य व्यक्तिहरू नियुक्त गर्न माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी र अलोकतान्त्रिक कदम चाल्न बन्द गरी संसद्को अधिवेशन तत्काल आह्वान गर्न पार्टीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार :
– राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि हंगामा, नेकपाकै नेताहरु विरोधमा उत्रिए
– विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ : बाबुराम भट्टराई

– अध्यादेशबाट सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टियो : देउवा