विराटनगर – जाडो छल्न बालेको घुरको आगो घरमा सल्किँदा एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका १४ का राजेशकुमार दास तत्माको घरमा लागेको आगोबाट उनको १४ वर्षीय छोरा रबिनको मृत्यु भएको हो । दासकी श्रीमती इन्दुदेवी र ७ वर्षीय छोरा किशुनकुमार आगोमा परी गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रानीनगरकाअनुसार घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उ