मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटन कांग्रेसलाई मान्य नहुने बताएका छन् ।


ADVERTISEMENT


प्रेस युनियन मोरङले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले ‘संसद् विघटनको कदम असंवैधानिक हो’ भने । उनले प्रधानमन्त्रीलाई संविधानको कुनै पनि धारामा संसद् विघटन गर्ने अधिकार नभएको दावी गरे ।


ADVERTISEMENT

# # #


संसद् विघटनको कदमले लोकतन्त्र विरोधीलाई बल पुगेको भन्दै केन्द्रीय सदस्य कोइरालाले सबै राजनीतिक दल विरोधमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, “लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुुपर्छ ।” रासस