महोत्तरी– परिवारको मुख्य सदस्यीय वीरेन्द्र महतोको सप्तरी आन्दोलनमा परी मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेको छ ।


ADVERTISEMENT


मृतक महतोको स–साना एक छोरा र तीन छोरी रहेका छन् । परिवारमा एक मात्र कमाउने महतोको मृत्युपछि घर र सिङ्गो गाउँमा रुवावासी छाएको छ ।सप्तरी जिल्लाको मलेठ गाविस–२ मा बस्दै आएका वीरेन्द्रको उपचारका क्रममा बुधबार मृत्यु भएको खबर सुनेर घरमा रहेकी श्रीमती रञ्जना र सासू द्रौपती बेहोस भएका थिए ।


ADVERTISEMENT

# # #


दुबैजनालाई आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुर्याएका थिए । दुबैजना हिजो बेलुकासम्म राम्ररी बोल्नसक्ने अवस्थामा थिएनन् । स–साना छोराछोरीको स्याहारसुहार छिमेकीले गर्दै आएका छन् ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपका क्रममा प्रहरीको गोली लागि घाइते भएका महतोको उपचारको क्रममा बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

महतो विवाहपछि लामो समयदेखि ससुरालीमा रहँदै आएको सप्तरी मलेठ गाविस–२ का मृतक वीरेन्द्र महतो नेपाल प्रहरीको जागिर छाडेर मलेठस्थित ससुरालीमा खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।