विराटनगर – गत माघ ७ मा तीन मिनेट बसेर स्थगन भएको प्रदेश १ प्रदेश सभाको सातौँ हिउँदे अधिवेशनको वैठक आज बस्दैछ । बैठक दिउ्रसो २ बजेका लागि तय गरिएको छ ।


ADVERTISEMENT


केन्द्रमा नेकपा केपी ओली पक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षबीच विवाद बढेपछि प्रदेश १ प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । राई ओली पक्षधर नेता हुन् । अविश्वासको प्रस्ताव दर्तापछि ओली पक्षले प्रचण्ड–नेपाल पक्षका १६ जना सांसद्लाई तीन महीनाका लागि निलम्बन गरेको छ । वैठकमा निलम्बनमा परेका सांसद्लाई उपस्थित हुन नदिने तयारी ओली पक्षले गरेको छ ।


ADVERTISEMENT

# # #


नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमारले कारवाहीमा परेकाहरुलाई संसदीय गतिविधिमा समावेश नगर्न नमिल्ने बताइरहेका छन् । जसकारण राई पक्ष नै वैठक बस्न नदिने पक्षमा छ । तर सरकार पक्षले नै बैठक बस्न नदिनु हास्यास्पद भएको बताउँदै प्रचण्ड–नेपाल पक्ष सरकारको विरोध गरिरहेको छ ।