काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनकोविरुद्धमा कांग्रेस, नेकपा माधव–प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी र नागरिक समाज मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने उनले बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन् ।’

ओलीले संसद् विघटन गरेको कदमलाई असंवैधानिक भन्दै उनले ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष अबको एक मात्र विकल्प भएको बताए । उनले नागरिक समाजलाई मतभिन्नता छाडेर संयुक्त आन्दोलनका लागि आह्वान गर्दै भने, ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं ।’