काठमाडौँ – माछापुच्छ्रे बैंकले वाणिज्य बैंकको इतिहासमै नेपालमा पहिलोपटक रेमिट एप शुरू गरेको छ । बैंंकले एक कार्यक्रमकाबीच बिहीवारदेखि एप सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


भारतीय कम्पनीसँगको साझेदारीमा रेमिट्यान्सलाई सहज बनाउन उक्त एप सञ्चालनमा ल्याएको बैंकले बताएको छ । डिजिटल भुक्तानीलाई सहज बनाउन र दुर्गम क्षेत्रमा पनि यसको पहुँच पुगाउन एप सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए । ‘डिजिटल बैंकिङमा नयाँ खोज र अनुसन्धान गर्दै आएको बैंकले पैसा पठाउन र पाउन सहज बनाउन यो एप सञ्चालनमा ल्याएको हो,’ उनले बताए । यस एपबाट देशभरका ७ हजार बढी एपबाट नगद भुक्तानी, रेमिट कार्डबाट रकम भुक्तानी गर्न सकिने उनले बताए ।


ADVERTISEMENT

# # #


पहिलो १ हजार ग्राहकले एप सञ्चालन गरेबापत एक सय रुपैयाँ वालेटमा पनि पाउने बैंकले बताएको छ । बैंककाअनुसार माछापुच्छ्रे बैंक सँगसँगै अन्य बैंकका ग्राहकले पनि यो रेमिट एप प्रयोग गर्न सक्नेछन् ।

रेमिट एप कसरी प्रयोग गर्ने ?

मोबाइलको प्ले स्टोरमा गएर रेमिट एप डाउनलोड गर्ने ।

एप डाउनलोड गरेर साइन अप अप्सनमा जाने ।

त्यसपछि मोबाइल नम्बर राख्ने ।

मोबाइल नम्बरमा आएको कोड नम्बर राखेर साइन अप गर्ने ।

त्यसपछि आफ्नो पूरा नाम, ईमेल र पासवर्ड राखेर लगइन गर्ने ।